प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल

काठमाडाैं | असार २२, २०७९

प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल


काठमाण्डौँ:   मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ ।

 

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आव २०७९÷८० को बजेट पारित हुने मन्त्री साहले बताउनुभयो । 

 

आर्थिक विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको हिजोको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुने मन्त्री साहको भनाइ छ । प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । 

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

थप पढ्नुहोस्